सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित

काठमाडौं। सिटिजन्स बैंकको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक सेयरको लिलामी बिक्री स्थगित भएको छ। बैंकले संस्थापक समूहको सेयर असार २९ गतेदेखि लिलामीमार्फत बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धक सनराइज क्यापिटलले सोमबार एक सूचना प्रकाशित गर्दै हाललाई लिलामी प्रक्रिया स्थगित गरिएको जनाएको छ।

सिटिजन्सले संस्थापक सेयरका लागि न्यूनतम १५२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आग्रह गरेको थियो । यसमा साउन ११ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । लिलामी प्रक्रिया स्थगित गर्नुको कारण भने खुलाइएको छैन।

Leave a Reply