पहिरोले डुम्रे बेसिशहर सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

पहिरोले डुम्रे बेसिशहर सडकखण्ड अवरुद्ध

लमजुङ । अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्ण बहादुर अधिकारीले बताए । रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर अवरुद्ध भएकाे  हो ।

पहिरोले  सडक अवरुद्ध हुनुका साथै उक्त स्थानको वैकल्पिक सडक पनि भासिएको छ । मर्स्याङ्दी नदीले तलबाट कटान गर्नुका साथै माथिबाट बगेर आएको लेदोले करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।  डुम्रे बेँसीशहर सडक खण्डअन्तर्गत उक्त देउराली डाँडामा गत वर्षसमेत पहिरो गएपछि वैकल्पिक रूपमा सो स्थान नजिकै माथिबाट सडक सञ्चालन गरे पनि गत हप्तामा आएको बाढी पहिराले उक्त सडकसमेत बगाएकाे थियाे । सडक अवरुद्धका कारण बिहानैबाट कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन ।

सडक अवरुद्ध भएपछि बेँसीशहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने र सो स्थानबाट बेँसीशहर आउने सवारी साधन सञ्चालन हुन सकेको छैन । बर्षा हुनेबित्तिकै पटकपटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);