समलिंगीको प्रेमकथामा ‘मिराः दी टेल्स अफ लाइफ’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

समलिंगीको प्रेमकथामा ‘मिराः दी टेल्स अफ लाइफ’

काठमाडौं। समलिंगी प्रेमकथामा आधारित सर्ट फिल्म ‘मिराः दी टेल्स अफ लाइफ’ निर्माण भएको छ । फिल्मको ट्रेलर शुक्रबार साँझ युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको हो ।

फिल्ममा अनिता पण्डितको निर्माण तथा निर्देशन छ । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् ।भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ । फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् । उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् ।

अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ । फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् ।

Leave a Reply