अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ

रूपन्देही। लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनार छन् । उनलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो।

 

Leave a Reply