काठमाडौं १ बाट विजयी हुने रविन्द्र मिश्रको दावी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

काठमाडौं १ बाट विजयी हुने रविन्द्र मिश्रको दावी

काठमाडौं, १३ मंसिर । विवेकशील साझा पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रविन्द्र मिश्रले आफू विजयी हुने दावी गरेका छन् ।

संयोजक मिश्रले आम मतदाता आफूलाई विजयी गराउन उत्साहका साथ लागि परेको बताए । चुनावी प्रचार अभियानमा क्रममा बुधबार काठमाडौंको बबरमहलमा उनले आफू ढुक्कसँग विजयी हुने दावी गरे ।

संयोजक मिश्रले आम मतदाताले आफूबाट धेरै अपेक्षा गरेको बताए । काठमाडौंका मतदाता आफू र आफ्नो पार्टीलाई निर्वाचनमा विजयी गराउन उत्साहका साथ लागि परेको उहाँको भनाई छ ।

मिश्रसँग काँग्रेस नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धा गर्दै छन् । मिश्रले जनताको प्रतिनिधिको रुपमा काठमाडौं क्षेत्र नम्बर १ को विकासका लागि सिंहले इमान्दार प्रयास नगरेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);