बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् : सञ्चारमन्त्री कार्की | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्राेत हुन् : सञ्चारमन्त्री कार्की

लण्डन। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन् । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेकाे १०औँ स्थापना दिवसको अवसर शुभकामना दिने क्रममा यस्ताे बताएका हुन् ।

उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारले खेलेको भूमिकाको प्रशंसा गरे ।   विदेशमा व्यस्त समयको समेत परवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्वसमुदाय समक्ष जीवन्त राख्ने योगदान सकरात्मक भएको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १०औं वार्षिकोत्सव आइतबर लण्डनमा आयोजना गर्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);