२४ घण्टाको भिडन्तमा दक्षिण सुडानमा ४० को हत्या, दर्जनौँको अपहरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

काठमाडौँ । दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगिएको छ। २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको ज्यान जानुका साथै दर्जनौं अपहरणमा परेका हुन्।

छिमेकी बोमा राज्यबाट आएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिनुका साथै दर्जनौं बालबालिका तथा महिलालाई अपहरण गरी लगेको जोङलाईको सूचना मन्त्रालयले जानकारी दिएको छ।