आफ्नो ठाउँमा ल्याण्डफिल नसार्न भरतपोखरीवासीको दबाब | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

आफ्नो ठाउँमा ल्याण्डफिल नसार्न भरतपोखरीवासीको दबाब

पोखरा। पोखरामा ल्याण्डफिलको तनाव अझै सुल्झिएको छैन । यअसघि पोखरा-१६ र २० को सिमानामा सार्न लागिएकोमा स्थानीयको विरोधपछि महानगरले उक्त निर्णय फिर्ता लियो । १६ चैतको कार्यपालिका बैठकले भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गर्‍यो । त्यसकै आधारमा महानगरले आगामी वर्षमा संरचना निर्माण गर्न १० करोड छुट्याएको छ ।तर, स्थानीयले त्यहाँ ल्याण्डफिल सार्न नदिने भन्दै संघर्ष सुरु गरेका छन् । गत शुक्रबार बसेको वडा भेलाले स्थानीयको सहमतिबिना महानगरले ल्याण्डफिल सार्ने निर्णय गरेको भन्दै सच्याउन दबाब दिए । भोलिपल्ट शनिबार सरोकारवालालाई भेला गराएर ल्याण्डफिल सार्दा हुने नोक्सानीबारे जानकारी गराए । त्यसपछि मेयर धनराज आचार्यलाई भेटेर उक्त निर्णय फिर्ता लिन ज्ञापनपत्र दिए ।वडामा क्रियाशील राजनीतिक दलहरूले मेयर आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् । ‘उक्त क्षेत्रमा फोहोर व्यवस्थापनको निम्ति वातावरणीय अध्ययन, पर्यटन व्यवसायमा पर्ने प्रभाव र स्थानीय जनसमुदायसँग छलफल या परामर्श नगरी हचुवाको भरमा जबरजस्तीरुपमा महानगरपालिकाबाट प्रस्ताव र निर्णय भएको देखिएकोले वडा ३३ वासी र क्रियाशील दलको गम्भीर आपत्ति रहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ।

महानगरको निर्णय तत्काल सच्याउनका लागि उनीहरूको माग छ । पोखराको ल्याण्डफिल हाल पोखरा १४, बाच्छेबुडुवामा छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालन पूर्व ल्याण्डफिल साइट हटाउनैपर्ने दबाब छ । तर, जग्गा स्थानीयको अवरोधका कारण जहाज उड्ने बेलासम्म महानगरले ल्याण्डफिल सार्न नसक्ने देखिएको छ । आचार्यले भने ल्याण्डफिलका कारण जहाज नउड्ने अवस्था ल्याउन नदिने दावी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);