चितवन, १२ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा निर्वाचन भएका जिल्लामा बामगठबन्धनको स्थान दुई तिहाई भन्दा माथि रहेको ठोकुवा गरेका छन् ।
चितवनमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वामगठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने सुनिश्चित भएको दाबी गरे । चुनावी परिणामको मतगणना नहुँदै अध्यक्ष दाहालले पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा बामगठबन्धनले दुई तिहाई भन्दा माथिको स्थान हासिल गरेको दाबी गरेका हुन् ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भएको छ । दोश्रो चरणमा ४३ जिल्लामा आगामी २१ गते निर्वाचन हुँदैछ ।