राप्रपाको एकता महाधिवेशनः केन्द्रिय सदस्यको लागि मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८१, मंगलबार

राप्रपाको एकता महाधिवेशनः केन्द्रिय सदस्यको लागि मतदान जारी

१० फाल्गुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशन अन्तर्गन विहान ९ वजेदेखी सुरु भएको केन्द्रीय सदस्यका लागि मतदान वेलुका १० वजे सम्म चल्ने भएको छ ।

राष्ट्रिय सभागृहमा साँझ ५ बजेसम्म मतदानको समय राखिए पनि ढिलो हुने निर्वाचन समितिले जनाएको छ । विद्युतिय मतदान यन्त्रको प्रयोग गरीएकाले मतदातालाई यसवारे राम्रो ज्ञान नभएका कारण वढि समय लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

मतदानको प्रक्रिया सकिए लगत्तै गणना गरी परिणाम आज नै सार्वजनिक गरिनेछ  । पार्टीको विधान अनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ९८ पदका लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);