काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको एन्टिजेन तथा पीसीआर परीक्षणमा सोमबार २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ९१४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । १ हजार ८६२ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा २० जना र २ हजार ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १० जना कोरोना संक्रमण मुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभर हाल १२० जना सक्रिय संक्रमित छन्।