बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

बो सिंह पुनः शिलु महाद्यः मा स्थानान्तरण

भक्तपुर। भक्तपुर नगरपालिका-७ गोल्मढीको गःहिटीको दायाँ र बायाँमा राखिएको बो सिंह पुनः शिलु महाद्यः मन्दिरमा स्थानान्तरण गरिएको छ

भक्तपुर नगरपालिका र स्मारक संरक्षण तथा दरवार हेरचाह अड्डाको संयुक्त पहल र स्थानीय जनताको सहभागितामा शनिबार उक्त बो सिंहहरु पुरानै ठाउँमा राख्नको लागि निकालिएको हो ।शनिबार करिब १२ः०० बजे भक्तपुरको गोल्मढीका स्थानीय जनताले परम्परागत शैलीमा बाजागाजासहित गोल्मढीमा रहेको बो सिंहको मूर्ति पुनः शिलु महाद्यः मा स्थानान्तरण गरेका थिए।  स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डाले गोल्मढीको गःहिटीमा एक जोडी नयाँ बो सिंह पुनःस्थापन समेत गरेको थियो । उक्त बो सिंहहरु क्रेनको सहायताले झिकिएको थियो।

Leave a Reply