‘वर्षौंसम्म चल्ने युक्रेन युद्धलाई सहयोग गर्न तयार हुनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

‘वर्षौंसम्म चल्ने युक्रेन युद्धलाई सहयोग गर्न तयार हुनुपर्छ’

मस्को। –पश्चिम देशहरू युक्रेनलाई वर्षौंसम्म चल्ने युद्धमा सहयोग जारी राख्न तयार हुनुपर्ने नेटोका प्रमुखले चेतावनी दिएका छन्। महासचिव जेन्स स्टोल्टनबर्गले युद्धको लागत उच्च रहेको तर मस्कोलाई आफ्नो सैन्य लक्ष्य हासिल गर्न दिनुको मूल्य अझ ठूलो भएको बताए।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दीर्धकालीन युद्धका लागि तयार हुनुपर्ने बताइरहेका बेला नेटो प्रमुखको भनाइ सार्वजनिक भएको हो। युक्रेनलाई बढी हतियार उपलब्ध गराएमा युक्रेनका लागि जित हुने जोनसन र स्टोल्टनबर्ग दुबैले बताएका छन्। ‘युद्ध  लाग्न सक्ने तथ्यका लागि तया हुनुपर्छ। हामीले युक्रेनलाई समर्थन गर्न छोड्नु हुँदैन’ नेटो प्रमुखले जर्मन पत्रिका बिल्डसँगको एक अन्तर्वार्तामा भने।

Leave a Reply