एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, सरकारको बद्‌नाम गर्न खोजियो : कानुन मन्त्री  | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, सरकारको बद्‌नाम गर्न खोजियो : कानुन मन्त्री 

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको प्रस्ताव नआएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले एसपीपी सम्झौताको प्रस्ताव नआएको जानकारी दिँदै सरकारको बद्नाम गर्न खोजिएको आरोप लगाए । ‘नेपाल सरकारले कुनै पनि ‘स्टेट पार्टनरसिप प्रोग्राम’का लागि इन्भाइट गरेको छैन, प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन। यो कुरा सरासर गलत हो, झुठा हो। सरकारलाई बद्नाम गराउने एउटा खेल मात्र हो,’ उनले भने । अमेरिकी सेना नेपालको इजाजतबेगर नेपाल आउन नसक्ने भन्दै उनले जबरजस्ती कुनै पनि सेना अर्काे देशमा प्रवेश गर्न नसक्ने बताए।

एसपीपीलाई एमाले सदनमा आपत्ति जनाउँदै सरकारको जवाफ मागेको थियो भने कांग्रेसका सांसद गगन थापाले पनि यसबारे प्रधानमन्त्रीले तत्काल सदनमा उभिएर जवाफ दिनुपर्ने माग गरेका थिए।

Leave a Reply