सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन्। शुक्रबार भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल विजयी भएको छ।
गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले आठ मत पाएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले बताए।
महिला सदस्यमा चन्द्रा धामी (एमाले), शान्ति ताराम (माओवादी) र मीना मल्ल (एमाले) तथा अन्य सदस्यमा तुलबहादुर नेपाली (माओवादी), डिल्ली पाण्डे (एमाले) र पृथ्वीबहादुर बुढा (एमाले) तथा अल्पसंख्यकमा सावित्रा टमटा(एमाले) विजयी भएका छन्।