लमजुङका १३ वडा अध्यक्ष पुरानै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

लमजुङका १३ वडा अध्यक्ष पुरानै

लमजुङ। स्थानीय तह निर्वाचनअन्तर्गत लमजुङका १३ जना वडा अध्यक्ष दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्लाका ७५ वडामध्ये विभिन्न स्थानीय तहका १३ जना वडा अध्यक्ष दोस्राे पटक निर्वाचित भएका हुन् ।

दोहोर्‍याउने वडा अध्यक्षमध्ये मध्यनेपाल, सुन्दरबजार र क्होलासोँथारमा तीन-तीन जना छन् भने मर्स्याङ्दीमा दुई जना, बेसीशहर र दोर्दीमा एक एकजना रहेका छन्। जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार बेँसीसहरको वडा नम्बर ८ को अध्यक्षको दोस्राे कार्यकाल रहेको छ। यसैगरी, दोर्दीको वडा ६ का वडा अध्यक्ष पुनः निर्वाचित भएका हुन्।मध्यनेपाल नगरपालिकाअन्तर्गत वडा नम्वर २, ६ र १० र सुन्दरबजार नगरपालिका वडा नम्वर २, ३ र ७ का वडा अध्यक्ष दोस्राे कार्यकालका निम्ती निर्वाचित भएका हुन् । यस्तै, क्होलासोँथार गाउँपालिका वडा नम्वर १, ५ र ६ का वडा अध्यक्ष र मर्स्याङ्दी गाउँपालिकाकाे वडा नम्वर १ र २ का वडा पुन: निर्वाचित भएका हुन् । राईनास र दुधपोखरीमा भने दोहोर्‍याउने वडा अध्यक्ष शून्य छन्।

निर्वाचित जनप्रनिधिमध्ये तीन जना पालिका प्रमुख समेत दोस्राे पटक निर्वाचित भएका छन् । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डे र मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ दाेस्राे कार्यकालका लागि निर्वाचित भएका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);