सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला

काठमाडौं। सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो ।

घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply