प्रचण्ड–नेपालप्रति नेता शाहीको आक्रोस- क्षमता नभएकाहरूले अरुलाई देखाएर प्रधानमन्त्रीको वार्गेनिङ गर्दै छन् | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

प्रचण्ड–नेपालप्रति नेता शाहीको आक्रोस- क्षमता नभएकाहरूले अरुलाई देखाएर प्रधानमन्त्रीको वार्गेनिङ गर्दै छन्

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं नेविसंघका निवर्तमान उपाअध्यक्ष पुष्पकुमार शाहीले माओवादी केन्द्र र नेकपा एकीकृत समाज वादीका अध्यक्षले आफ्नो दुनो सोझ्याउन पटक-पटक कांग्रेससँग घुर्की लगाउने गरेको आरोप लगाएका छन् ।काठमाडौंमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देखाएर नेपाली कांग्रेससँग केही व्यक्तिले प्रधानमन्त्री पदको बार्गेनिङ गर्न खोजेको शाहीको आरोप छ । उनले प्रचण्ड र नेपालले पटक-पटक यस्ता घुर्की दिँदै आएको बताउँदै घुर्कीले कुनै फरक नपर्ने टिप्पणी गरे ।’यो उहाँहरूको पुरानै घुर्की हो । कांग्रेसले पुराना नेताहरू हुन् । ठिकै छ सहयोग गरिदिउ भनेर अप्ठ्यारोमा पर्दा साथ दिन्छ । उहाँहरूले त्यसैको फाइदा लिन खोज्छन् । जुन गलत हो,’ उनी भन्छन् ।

नेता शाहीले माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियत बिर्सन नहुने बताएका छन् । भर्खंरै सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि माओवादी र एकीकृत समाजवादीले आफ्नो हैसियतभन्दा बढी सिट मागेकोले कांग्रेसले राम्रै नतिजा ल्याए पनि सोचेजस्तो नतिजा ल्याउन नसकेको शाहीले बताए ।उनले केन्द्र र प्रदेशको चुनावमा गठबन्धन गर्न चाहनेहरूले बजारमा नानाथरी कुरा गर्नूको अर्थ नभएको बताए । ‘कांग्रेस जनताको पार्टी हो । वर्षौंदेखि जनताको सेवक बनेर कांग्रेसले काम गरेको छ । अहिले पनि सबै दललाई मिलाएर लगौं । सबै मिलेर गए मुलुकको विकास चाडो हुन्छ भन्ने मात्रै कांग्रेसको चाहना हो । हामीलाई बैशाखी चाहिँदैन । हामी बैशाखी बन्ने हो, उनले भने ।

Leave a Reply