चितवन । चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५ वर्षीय पुरूष रहेका छन् । मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् । नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।
चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु
ताजा समाचार
आज पनि बजारबाट २० अर्ब झिक्दै राष्ट्र बैंक
२७ मिनेट अघि
औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल
२२ घन्टा अघि