काठमाडौं । नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ । वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१२ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
१७ घन्टा अघि