तीन दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

तीन दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख 

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न सफल भएका छन् । एक सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेका छन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसथा सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । हालसम्म ५७० वटा पालिकाको मतगणना सकिएको छ भने १८३ वटामा मतगणना जारी रहेको छ ।

अन्तिम मतपरिणाम आइसकेका ५७० वटा पालिकामध्ये २५३ वटामा नेपाली कांग्रेस, १६४ मा नेकपा एमाले र १०५ वटामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);