काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन् । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये हालसम्म ६३५ वटा पालिकामा मतगणना सम्पन्न भइसकेको छ ।
माओवादीले जित्यो १११ पालिकाको प्रमुख
ताजा समाचार
मुस्ताङका दुई ‘कुमारी हिमाल’मा ऐतिहासिक सफलता
५ घन्टा अघि
लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान
९ घन्टा अघि
नीतिगत बहस आर्थिक वृद्धिमा सीमित भयाे : मुख्यसचिव
१० घन्टा अघि




