काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।
सुनको मूल्य ९७ हजार दुई सय
ताजा समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक आज
११ घन्टा अघि
माओवादी अध्यक्ष प्रचण्ड भैरहवामा
११ घन्टा अघि