पाल्पा । पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ । सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत
ताजा समाचार
‘दलीय आधारमा गठन भएका रेडक्रस समितिहरू विघटन गराैँ’
१३ घन्टा अघि
एमाले संसदीय दलमा बादल सर्वसम्मत चयन
१३ घन्टा अघि




