सप्तरी । सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका–४ बनौलिमा आइतबार मोटरसाईकलको ठक्करबाट गोरुगाडामा सवार एक जनाको मृत्यु भएको छ । आइतबार बेलुकी पौने ८ बजे स ११ प २८९७ नम्बरको मोटरसाईकलले गोरुगाडालाई पछाडी ठक्कर दिदा स्थानिय ५० वर्षिय अर्जुन शर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महुलिले जानकारी दिएको छ ।
सप्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
ताजा समाचार
एलिजाको मन्त्री बन्ने चाल
९ घन्टा अघि