बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत 

balatkar aapradhi

बर्दिया । बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय  गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);