हात्ती पाइले रोगले शिवकुमार मण्डलकाे परिवार बिच्चलीमा | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

हात्ती पाइले रोगले शिवकुमार मण्डलकाे परिवार बिच्चलीमा

सप्तरी । सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएकाे छ । सरकारले हात्ती पाइले राेगविरूद्ध औषधि खुवाए पनि राजविराज नगरपालिका- ७ का ५० वर्षीय शिवकुमार मण्डल यस राेगबाट पीडित छन् ।

सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका मण्डल हात्ती पाइले राेगबाट थलिएपछि परिवार विचल्लीमा परेकाे ५ । उनी पूर्ण अशक्त छन्।  परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ´पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो ।विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्राे भएकाे छ ।’

केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन् । उनले भनिन, ´ऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ । निकाे भएन । डाक्टरले यहाँ हुन सक्दैन धरान लागुपर्छ भनेकाे छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।’ मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्,´ म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);