भक्तपुर । सेवा निवृत्त भक्तपुरका ६ जना शिक्षक/शिक्षिका सम्मानित भएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले उनीहरूलाई एक कार्यक्रमका बीच सम्मानित गरेको हो । उनीहरूलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्मानित हुने सेवा निवृत्त शिक्षकमा सरोजकुमार दत्त, कृष्णभक्त जोशी, मथुरी शाखः, रत्नदेवी प्रजापति, शिवकुमार कर्माचार्य र चन्द्रबहादुर गोसाईं रहेका छन् । उनीहरूलाई बागमती प्रदेश सभाका सांसद सुरेन्द्रराज गोसाईंले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा गोसाईंले जहाँ शिक्षकलाई सम्मान हुँदैन त्यो समाज उत्कृष्ट समाज हुन नसक्ने बताएका थिए । उनले गुरुको सम्मान गर्नु सबैको दायित्व रहेको पनि बताए । नेपाल सरकारले गर्नुपर्ने काम समाजले गरेको भन्दै उनले आयोजकलाई धन्यवाद दिए ।