चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा  | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा 

काठमाडौं । काठमाडौंको चोभारमानिर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् ।

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । विश्वबैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);