१ फागुन,बारा ।
स्थानीय निकायका कर्मचारीहरुले आईतवार बाराको ६ वटै नगरपालिका,जिविस र गाविसको कामकाज ठप्प पारि धर्नामा बसेका छन् । स्थानीय निकायमा दुई दशक देखि र द्वन्दकालको समयमा ज्यान जोखिममा राखि काम गर्दै आएका अस्थायी तथा करारमा रहेका कर्मचारीहरुको सेवालाई निरन्तरता दिदै स्थायित्व र ब्यवस्थापन गर्नु पर्ने,कर्मचारी समायोजन गर्दा कर्मचारीको चाहाना बमोजिम घर पायक समायोजन गरिनु पर्ने,स्थानीय निकायमा हाल रहेका विद्यमान दोहोरो कर्मचारी तन्त्रको अन्त ,स्थानीय सरकारका कर्मचारीहरुको अभिलेख,सेवा सुविधा र शर्तको विषयमा एक रुपता कायम हँुने गरि प्रदेशले कानुन बनाई कार्यवन्यन गर्ने ब्यवस्था मिलाउँनु पर्ने लगायतका बिभिन्न माँग राख्दै काम ठप्प पारेका हुँन् ।
बन्दका कारण नागरिकता सिफारिस,घटना दर्ता,घरजग्गा नक्शा पास,फोहोर मैला ब्यवस्थापन लगायतका प्रशासनिक कामकाज पूर्ण रुपमा प्रभावित भएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसियसन,स्थानीय निकाय कर्मचारी संघ,नेपाल राष्ट्रिय कर्मचारी संगठन,गाविस कर्मचारी संघ,केन्द्रिय पार्षद स्थानीय कर्मचारी युनियनको संयुक्त कार्यक्रम अनुसार देश ब्यापी कामकाज ठप्प पारिएको हो ।




