पतिको मृत्युको खबर पाएसँगै सिर्जना र विना हानिएर नर्भिक अस्पताल आईपुगे | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

काठमाडौं, ३ मंसिर । प्रकाश दाहालकी पत्नी विना मगर नर्भिक अस्पताल पुगेकी छिन्। कञ्चनपुरमा वाम गठबन्धनतर्फको तर्फबाट चुनावी मैदनामा रहेकी विना हतासिँदै अस्पताल पुगेकी थिइन्। उनी दौडिँदै पतिको अवस्था बुझ्न नर्भिक अस्पताल पुगेकी हुन्।

विनाका पति प्रकाशको आज बिहान निधन भएको हो। प्रकाशका बाबु पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चुनावी अभियानमा झापामा थिए। उनी पनि फर्किँदै छन्। विना आजै कञ्चनपुरबाट काठमाडौं आइपुगेकी हुन्।

पोखरामा बस्दै आएकी प्रकाशकी माईली पत्नी सिर्जना त्रिपाठी पनि अस्पताल पुगिसकेकी थिइन् । छोरा प्रसिद्धलाई सँगै बोकेर सिर्जना पोखराबाट ११ बजे काठमाडौं आपुगेको बताइएको छ। अध्यक्ष प्रचण्ड पार्टीका केही नेताहरुसँग लाजिमपाटमा छलफल गरिरहेका छन्।