प्रचण्डपुत्र प्रकाशको मृत्युसँगै चितवनमा विक्रम पाण्डेको चुनावी कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

चितवन, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको आज विहान निधन भएपछि चितवन क्षेत्र नं।३ का प्रतिनिधि सभाका उम्मेद्वार विक्रम पाण्डेले आजको चुनावी कार्यक्रम स्थगित गरेका छन्।

उनले पूर्व प्रधानमन्त्री दाहालका छोराको निधनले आफू मर्माहित भएको भन्दै आजका चुनावी कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिए। यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग राप्रपा प्रजातान्त्रिकका नेता पाण्डे प्रतिस्पर्धा गर्दै छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);