काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा गत असारमा गैंडा मारी खाग चोरी लगेको घटनामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजा छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई बनस्थलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाइएको छ ।
गैंडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१३ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि