एससीसी पेस गर्ने भएपछि सांसदको चर्काे विरोध  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एससीसी पेस गर्ने भएपछि सांसदको चर्काे विरोध 

काठमाडौं। एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्काे विरोध गरेका छन् । जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका छन् ।

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए । उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए । यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाए । सा‌सद दुर्गा पाैडेलले बाेलिरहेकी छन् । उनले पनि विराेध जनाइरहेकी छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);