सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको भाउ साताको पहिलो दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);