सुरज महर्जनको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८२, मंगलबार

सुरज महर्जनको विजयी सुरुवात

काठमाडौं । सुनसरी बक्सिङ संघको आयोजना एवं धरान उपमहानगरपालिकाको संयोजकमा वीर गणेशमान १ नं प्रदेशस्तरीय नोभिस बक्सिङ प्रतियोगिता तथा आल नेपाल एन ए एन मिस्टर फेदर वेट बक्सिङ च्याम्पयनसिपको सुरु भएको छ ।

५ फागुनदेखि ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ सल्लाहकार विनोद राईले उद्घाटन गरेकाे उक्त कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष  विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरू ओलम्पियन तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ प्रशिक्षक एवं दक्षिण एसियालीका पदकधारी अनुपकुमार लामा र बक्सिङका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता निमा तामाङलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

शुक्रबार भएको उदघाटन खेलहरूमध्ये प्रि क्वार्टर फाइनलमा अल नेपाल मिस्टर फेदरवेट च्याम्पियनशिप अन्तर्गतको ईभेन्टमा बक्समाण्डुका सुरज महर्जनले उदयपुरका नारायण भुजेललाई दोस्रो राउण्डमा पराजित गरे ।

त्यसैगरी वीर गणेशमान १ नं. प्रदेशस्तरीय नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत वेन्टम वेट ५४ केजीतर्फ एबीसी, सुनसरीका वियान राई र झापाका निश्चल राजवंशीले क्रमशः दमकका फुङहाङ लिम्बु र मोरङका पिन्स झालाई पराजित गरेका थिए ।

अल नेपाल फेदर वेटमा पाँच जना खेलाडीहरु र १ नं. प्रदेश गणेशमान सिंह नोबिस बक्सिङ प्रतियोगितामा महिला ११ र पुरुष ३७ जना खेलाडीहरूको सहभागीता  छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);