स्थानीय निर्वाचन २०७९ : कसले मार्ला बिराटनगर महानगरमा बाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय निर्वाचन २०७९ : कसले मार्ला बिराटनगर महानगरमा बाजी

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकै आँउदा दोस्रो ठुलो मतदाता रहेको बिराटनगर महानगरपालिकामा कसले बिजय प्राप्त गर्ला भन्ने अनेक अनुमान शुरु भएको छ ।

यसभन्दा अघि २०७४ सालमा भएको यो निर्वाचन क्षेत्रको प्रमुखमा नेपाली कांग्रेसले बिजय हासिल गरेको थियो । नेपाली कांग्रेसका उमेदवार भीम पराजुलीले २३०३१ मत प्राप्त गरी बिजयी बनेका थिए । उनका प्रतिस्पर्धी एमालेका बिनोद ढकालले १७३३१ मत प्राप्त गरेका थिए ।

अघिल्लो चुनावमा यस महानगरमा पनि नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा थियो । त्यस्तै संघीय समाजवादी फोरमका उमेदवार उमेश यादबले पनि प्रतिस्पर्धामा मत प्राप्त गरेको देखिन्छ । यादबले १४९५८ मत प्राप्त गरेका थिए ।

६० हजार मतदाता रहेको यस नगरपालकिामा १९ वडा मध्ये संघीय समाजवादी फोरमले सबैभन्दा बढि वडामा बिजय प्राप्त गरेको छ । फोरमका उम्मेदवारले ७ वटा वडामा बिजय हासिल गरेका छन् । त्यर्सैगरी नेपाली कांग्रेसले ६ वटा वडामा एमालेले २ वडामा विजयी हासिल गरेको छन् । त्यसैगरी २ जना स्वतन्त्रले २ वटा वडा बाजी मारेका थिए ।

बिराटनगरमा अहिलेको राजनाीति अंङ्क गणित हेर्दा नेपाली कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमाले र फोरम बिभाजित भएको कारण त्यसको सजिलो फाईदा नेपाली कांग्रेसले नउठाउला भन्न पनि सकिन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);