सिंहदरबारमा एमालेबिनाको सर्वदलीय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

सिंहदरबारमा एमालेबिनाको सर्वदलीय बैठक सुरु

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा एमालेको भने सहभागीता छैन।

एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू बैठकमा सहभागी छन्। बैठकमा नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ‘एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी रहेका छन्।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। सत्ता गठबन्धनका दलहरूले प्रधानन्यायाशीश राणाविरुद्ध आइतबार महाभियोग दर्ता गराएका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);