एमालेसँग एकता गरेको भन्दै माओवादी नेता जनार्दन शर्मामाथि चप्पल प्रहार | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

रुकुम, १ मंसिर । माओवादी केन्द्रका नेता तथा रुकुमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा प्रभाकरलाई सहिद परिवारले चप्पलले हानेका छन्। चुनावी प्रचारको क्रममा बुधबार बाफिकोटमा आयोजित चुनावी सभामै सहिद परिवार निर्मला खड्‍काले नेता शर्मामाथि आफ्नो खुट्टाको चप्पल निकालेर हिर्काएकी हुन्।

विना विभागीय मन्त्रि समेत रहेका प्रभाकरले सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले विहीबार दिउँसो ४ बजे बाफिकोट गाउँपालिकाको नेटामा आफ्नै खुट्टाको चप्पल निकालेर हानेको बताइएको छ।

जनयुद्धमा सुराकी गर्ने राष्ट्रघाती एमालेसँग एकता गरेर सहिदको सपनामाथि खेलवाड गरेको भन्दै खड्काले चप्पल हानेपछि वाइसिएल कार्यकर्ताहरले निर्घात कुटपिट गरेका छन्। घटना लगत्तै आरोपित खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ।

ताजा समाचार