आज भीष्माअष्टमी : कर्कटमा आशाका किरण फैलने, वृश्चिककाे कार्यप्रशंसा सत्रुले पनि गर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०७९, शनिबार

आज भीष्माअष्टमी : कर्कटमा आशाका किरण फैलने, वृश्चिककाे कार्यप्रशंसा सत्रुले पनि गर्ने

काठमाडाैं । २६, माघ २०७८ बुधबार, तदनुसार फेब्रुवरी ९ तारिक २०२२ । माघशुक्लपक्ष अष्टमी, बब करण, कृतिका नक्षत्र, ब्रह्मा योग चन्द्रमा वृष राशिमा रहेको छ । आज बुधाष्टमी व्रत र गोरखकाली पूजा भीष्माअष्टमी पनि भनिन्छ । आज बिहान सूर्योदय ६ः४८ भएकाे छ भने सूर्यास्त १७ः४९ मा हुनेछ ।

आज मध्यान्ह समय १२ः१९ देखि १ः४२ सम्म राहुकाल छ । राहुकाल भएको शुभ कार्य गर्नु हुँदैन । बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ मानिन्छ । आजको देवता ब्रम्हा र ग्रहदेव मंगल रहेको छ । आर्थिक कारोबारका लागि बुधबारका दिन सामान्य तबरले शुभ मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेका काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंको लागि आजको दिन अनुकुल छ । यात्राको लागि अवसर आउनसक्छ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन पूकारा गरेर यात्रा गर्नुभयो आजको दिन अनुकुल हुनसक्छ । बिहान सूर्योदयको दर्शन गरेर दिनको शुभारम्भ गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आज तपाईंका लागि अर्थ प्राप्ति हुनेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । केही घमण्डका कारण आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्‍याउनु  होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईंमाथि अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । मनमा निराशा छाउनसक्छ । आजको दिन नियमित काम बाहेन नयाँ कार्य नगर्नुहोला ।

 (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । तपाईंको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : तपाईंलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंका लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार, लेखन र तपाईंले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । कसैसँग विवाद हुने काम नगर्नुहोला ।   

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  व्यापारमा काम गर्नुहुने मीन राशिका जातका लागि दिन उत्तम छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईंले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र सहकर्मीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ ।

Leave a Reply