मलामी बोकेर फर्किँदै गरेको जिप दुर्घटना : एकजनाको मृत्यु, १३ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

गुल्मी, ३० कार्तिक । गुल्मीको तम्घासतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। अरु १३ जना घाइते भएका छन्। बुधबार राति मलामी गएर तम्घास फर्किँदै गरेका मानिस चढेको लु १ ज १५२१ नम्बरको जिप रेसुङ्गा नगरपालिका-४ अर्खलेमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामापरी कपिलवस्तुको वाडगंगा नगरपालिकाका ५५ वर्षका रुद्रबहादुर डेगाको ज्यान गएको जिल्ला प्रहरी ट्राफिक कार्यालय गुल्मीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको पाल्पामा उपचार भइरहेको छ। अरु ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालोमा ब्रेक फेलभई दुर्घटना भएको सवारीका चालक पनि गम्भीर घाइते छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);