हुम्लामा साउनपछि पहिलाे पटक काेभिड संक्रमित, एकैदिन आठ जनामा संक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

हुम्लामा साउनपछि पहिलाे पटक काेभिड संक्रमित, एकैदिन आठ जनामा संक्रमण

सिमकोट । हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षण सुरु भएकाे छ । जिल्ला अस्पता हुम्लामा २८ जनाकाे एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा  ८ जनामा संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्यसहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा परीक्षण गरिएकाे थियाे । जसमा तीन पुरुष र पाँच महिलामा संक्रमण पुष्टि भएको हो ।

नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

कोरोना संक्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख सिंहले बताए ।

सिमकोटको मुख्य भिडभाड हुने स्थानमा पनि परीक्षण गरिने भएकाे छ । संक्रमितको सम्पर्कमा आएकालाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।

गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्यकर्मीले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो । सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);