वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि सत्ता गठबन्धनको बैठक बस्ने कार्कीले बताए । बिहीबार नै मन्त्रिपरिषदको नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान समेत गरीएको छ ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);