कांग्रेस उम्मेदवार मोहन बस्नेतको गाउँमा वाम युवाको मार्चपास | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

सिन्धुपाल्चोक, २८ कार्तिक । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को बाह्रबिसे बजारमा वाम गठबन्धनले मार्चपास गराएको छ। आईतबार वाम गठबन्धनले बाह्रबिसे बजारमा आयोजना गराएको युवाहरुको मार्चपासमा सो क्षेत्रका सयौँ युवा कार्याकर्ताहरु सहभागी भएका थिए। सो क्षेत्रका प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागितामा रहेको उक्त युवा मार्चपास बसपार्क देखी खोर्सानीबारी सम्म पुगेको थियो।

दुई वाम गठबन्धन एमालेको युथफोर्स तथा माओवादी केन्द्रको वाईसीयलको संयुक्त भेला गराई वापन्थी युवा फोर्स गठन गरेको थियो। उक्त युवा फोर्स गठन संगै बाह्रबिसेमा पहिलोपटक मार्चपास गराईएको हो। मार्चपास पछि भएको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि १ नम्बर क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार अग्नि सापकोटाले आसन्न निर्वाचनलाई प्रभावित बनाउन कसैले गुण्डागर्दी शैलीमा बलजफ्ती गर्छ भने सो को प्रतिकार गर्न वामपन्थी युवा फोर्स तयार भएको बताए।

त्यस्तै प्रदेश (क) का उम्मेदवार तथा एमाले नेता अरुण नेपालले कसैको डरधम्की र गुण्डागर्दीबाट नतर्सन आग्रह गरे । त्यस्तै प्रदेश (ख) उम्मेदवार सुरेश नेपाललले सिन्धुपाल्चोक लगाएत अधिराज्यभर वामपन्थीगठबन्धनको प्रभाव बढ्दै गएपछि लोकतान्त्रिक गठबन्धन अत्तालिएको खुलासा गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);