क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा, सेनेगललाई फेरि झड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा, सेनेगललाई फेरि झड्का

क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा, क्यामरुनले टाइब्रेकरमा सेनेगललाई ५–४ ले हरायो

क्यामरुन र बुरकिना फासो अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा

काठमाडौं । क्यामरुन र बुरकिना फासो गाबोनमा जारी अफ्रिका कप अफ नेशनसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति भएको क्वाटरफाइनलमा टाइब्रेकरमा सेनेगललाई ५–४ ले हराउँदै क्यामरुनले अन्तिम चारमा स्थान बनाएको हो ।

निर्धाति तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

चार पटकको विजेता क्यामरुनका लागि विन्सेन्ट एबोउबाकारले विजयी पेनाल्टी प्रहार गरे ।

सन् २००२ को फाइनलमा क्यामरुनले सेनेगललाई नै टाइब्रेकरमा हराएको थियो ।

यस्तै राति नै भएको अर्को खेलमा ट्युनिसियालाई २–० ले हराएर बुरकिना फासोले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा अन्तिम १० मिनेटमा बुरकिना फासोले दुई गोल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । बुरकिना फासोका लागि आरस्टिड बान्स र प्रेजुस नाकोलमाले गोल गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);