प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन कट्दासमेत निकास भने निस्केको छैन । 

संघीय संसदका दलहरुलाई प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाएर हटाउनुपर्ने माग गरे पनि नेताहरूले उचित निकास ननिकाल्दा बारको आन्दोलन अझै निष्कर्षविहीन अवस्थामा छ । बारको मागबमोजिम गोलाप्रथाबाट पेसी तोक्ने निर्णय भइसक्दा पनि बार भने आन्दोलनमै छ । प्रधानन्यायाधीश राणाको राजीनामा उसको बटलमलाइन देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);