माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेस गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

माओवादी महाधिवेशन : बन्दसत्रमा प्रस्तुत प्रतिवेदनको समूहगत निष्कर्ष बुधबार पेस गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ ।

आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । 

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार प्रदेशगतसहित २५ समूहमा छलफल हुने महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मंगलबार छलफल सकिने र छलफलको निष्कर्ष भने बुधबार पेस गरिनेछ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);