नेपालको १२० देशसँग व्यापारघाटा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

नेपालको १२० देशसँग व्यापारघाटा

काठमाडौं । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को मंसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलतामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्व ३५ अर्व व्यापारघाटा भएको छ । 

नेपालको कुल व्यापारघाटामध्ये आधा भन्दा बढि व्यापारघाटा भारतसँग देखिएको छ । चालु आवको मंसिरसम्ममा भारतमा नेपालबाट ८४ अर्ब १५ करोड बराबरको निर्यात हुँदा पाँच खर्बभन्दा बढीको आयात भएको छ । नेपालमा पेट्रोलियम पदार्थ, खाद्य सामग्री, हरियो तरकारीलगायतका सामाग्री भारतबाट आयात हुँदै आएको छ ।  

भारतपछि चीन, इन्डोनेसिया, अर्जेन्टिना, यूएई, अस्ट्रेलिया, अमेरिकालगायतका देशसँग व्यापारघाटा बढिरहेको छ । भारतपछि चीनसँग नेपालको एक खर्ब २१ अर्ब व्यापारघाटा  छ । मंसिरसम्ममा नेपालबाट चीनमा ३८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा एक खर्ब २२ अर्ब बराबरको आयात भएको छ । 

कम्बोडिया, डेनमार्क, अल्गेरिया, स्विडेनलगातका देशसँगको वैदेशिक व्यापार भने फाइदामा छ । कम्बोडियासँगको व्यापारमा नेपालले ११ करोड ७४ लाख फाइदा गरेको छ । मंसिरसम्ममा कम्बोडियाबाट दुई करोड १४ लाख बराबरको आयात गर्दा १३ करोड ८९ लाख बराबरको निर्यात गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);