४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

जुम्ला । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन् ।

घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ । उनी बिहान बेलुकका छाक टार्नका लागि सडकमा भौँतारिँदै हिँडेका छन् । स्थानीय सरकार आएको करिब पाँच वर्ष पुग्न लागिसकेको छ । तर, उनी वर्षाैंदेखि गाँसबासको खोजीसँगै ओढारमा रात बिताउँदै आएका छन् । 

चेते कुलाल हिमपातमा होस् या वर्षायाममा झरीलाई झेलेर किन नहोस्, ओढारमा बस्दै आएका छन् । बिहान सबेरै गाँसको व्यवस्थाका लागि गाउँदेखि जिल्ला सदरमुकामसम्म उनी पुग्ने गरेका छन् ।

गाउँमा हुने राहत वितरणमा उनले नपाउने गरेको गुनासो स्थानीयले गरेका छन् । तर, स्थानीय तहले भने उनलाई राहत उपलब्ध गराउने गरेको दाबी गरेको छ । चेते कुलाल भोक लाग्नेबितिकै माग्न हिड्ने गरेका छन् । गाउँमा कसैले दिएमा उनले खान पाउँछन् । नत्र उनी भोकै ओढारमा बस्छन् । चेतेलाई छाडेर श्रीमती र छोरा अलग्गै बस्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);