इजिप्ट क्वाटरफाइनलमा, घाना हारेर पनि अघि बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

इजिप्ट क्वाटरफाइनलमा, घाना हारेर पनि अघि बढ्यो

इजिप्ट समूह डी को विजेता बन्दै अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा, इजिप्टसँग १–० ले पराजित घाना समुह उप विजेता

इजिप्ट क्वाटरफाइनलमा

काठमाडौं । इजिप्ट समूह ‘डी’ को विजेताको रुपमा गाबोनमा जारी अफ्रिका कप अफ नेशनसको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा घानालाई १–० ले हराउँदै इजिप्ट समूह विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो ।

इजिप्टको जितमा ११ औं मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएपनि घाना पनि समूह उपविजेताको रुपमा अन्तिम ८ मा पुगेको छ ।

समूह विजेता बनेको इजिप्टको सात तथा घानाको ६ अंक भएको छ । राति नै भएको खेलमा प्रतियोगिताबाट बाहिरिएका युगाण्डा र मालीले भने १–१ को बराबरी खेले ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);